PRABHU BANK

प्राईम लाईफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७५/०७६ को लाभांश सेयरधनीहरुलाई दिने

Prime Life Insurance
  • बैंकिङ संसार
काठमाडौं । प्राईम लाईफ इन्स्योरेन्स कम्पनीले आफ्ना सेयरधनीहरुलाई लाभांश दिने भएको छ । कम्पनीले आर्थिक वर्ष २०७५/०७६ को नाफाबाट कुल १५ प्रतिशत लाभांश दिने भएको हो ।
गत शुक्रबार मंसिर १२ गते बसेको सञ्चालक समितिको बैठकले चुक्ता पुँजिको ७ प्रतिशत बोनस सेयर तथा ८ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । कम्पनीले गत शुक्रबारनै सो सम्बन्धी जानकारी नेपाल स्टक एक्सचेन्जलाई गराएको छ । कम्पनीको कुल चुक्ता पुँजि २ अर्व २५ करोड ८९ लाख ३१ हजार ७९७ रुपैयाँको नगद र बोनस सेयरसमेत गरी कुल १५ प्रतिशत लाभांश दिन लागेको हो ।
कम्पनीले १५ करोड ८१ लाख २५ हजार २२६ रुपैयाँ बराबरको बोनस सेयर र १८ करोड ७ लाख १४ हजार ५४४ रुपैयाँ नगद लाभांश वितरण गर्ने भएको छ । नगद लाभांश बोनस सेयरको कर प्रयोजनमा लाग्ने रकम कट्टा गरी वितरण गरिने प्रस्ताव गरिएको छ । उक्त प्रस्तावित लाभांश बीमा समितिबाट स्वीकृत भई आगामी बार्षिक साधारणसभाले अनुमोदन गरेपछि मात्रै सेयरधनीहरुले पाउने भएका छन् । कम्पनीले बुक क्लोज गर्ने मिति भने तय गरेको छैन ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै