काठमाडौँ। हिमालयन बैंकको शाखा जल्दा ग्राहकले लकरमा राखेको सुन पग्लिएको पाइएको छ। भदौ २४ को प्रर्दशनका क्रममा काठमाडौँ बत्तीसपुतलीस्थित हिमालयन बैंकको शाखामा आगजनी हुँदा बैंकमा रहेको लकरमा क्षति पुगेको पाइएको हो।
शाखामा करिब २५० वटा लकर सबै भरिभराउ थिए । आगलागीबाट लकर नजले पनि सोही कोठामा आगलागी भएकाले बाहिरको तातोले लकरभित्र रहेका केही गहना पग्लिएको र आकार बिग्रेको बैंकले जनाएको छ।
करिब २५० वटा लकरमध्ये १० प्रतिशतमा मात्र क्षति पुगेको र बाँकी ९० प्रतिशत सुरक्षित रहेको छ। लकरमा रहेका सामाग्रीको बिमा नहुने र क्षतिको सम्पूर्ण जिम्मेवार ग्राहक नै हुने भएकाले क्षति पुगेका सेवाग्राहीलाई पनि बैंकले क्षतिपूर्ति दिन नसक्ने अवस्थामा रहेको बैंकका शाखा प्रबन्धकले जनाएको छ।