PRABHU BANK

सेञ्चुरी कमर्सियल बैंकको नयाँ शाखा कोहलपुरमा संचालन, सबै क्षेत्रमा बैकिङ सेवा विस्तार गर्ने उद्देश्य

Century Bank
  • बैंकिङ संसार
काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले नयाँ शाखा संचालनमा ल्याएको छ । बैंकले मंसिर १४ गते आईतबार बाँके जिल्लाको कोहलपुरमा नयाँ शाखा संचालनमा ल्याएको हो । नयाँ शाखा संचालनमा आएसँगै बैंकको शाखा कार्यालय ११४ पुगेको छ ।
ग्राहकवर्गहरुको सेवामा थप विस्तार गर्ने उद्देश्यले उक्त शाखा बाँके जिल्लाको कोहलपुर गा.वि.स-११ बाट बैकिङ सेवा सुरु गरेको बैंकले जनाएको छ । सबै क्षेत्रसम्म बैकिङ सेवा विस्तार गर्ने उद्देश्यले यसअघि पनि बैकले विभिन्न स्थानमा शाखा, शाखारहित बैकिङ सेवा तथा एक्सटेनसन काउण्टरहरु संचालन गरी आफ्ना ग्राहकहरुलाई बैकिङ सेवाहरु प्रदान गदै आईरहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै