काठमाडौँ। गरिमा विकास बैंकले लाभांश दिने घोषणा गरेको छ। बैंकले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई ६ प्रतिशत बोनस सेयर र ४.५३ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको हो ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त भई विकास बैंकको आगामी वार्षिक साधारण सभाबाट पारित भएपश्चात सेयरधनीहरुलाई वितरण गरिने छ ।
हाल ५ अर्ब ६८ करोड ५ लाख १७ हजार ३ सय २७ रुपैँया ५७ पैसा चुक्तापूँजी रहेकोमा यस विकास बैंकको सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी उन्नाइसौँ वार्षिक साधारणसभाबाट पारित भएपश्चात विकास बैंकको चुक्तापूँजी ६ अर्ब २ करोड १३ लाख ४८ हजार ३ सय सतसट्ठी रुपैँया २२ पैसा कायम हुनेछ।