काठमाडौँ। प्रभु बैंकको एटिएम मेसिन तोडफोड गर्दागर्दै एक जना पक्राउ परेका छन्। सुनसरीको बराहक्षेत्र नगरपालिका-१ बयरवनस्थित प्रभु बैंकको एटिएम मेसिन तोडफोड गर्ने बराहक्षेत्र १ खारखोला निवासी २७ वर्षीय संजिव राई पक्राउ परेका हुन्।
एटिएम मेसिन तोडफोड गर्ने राईमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।