काठमाडौँ। बैंकको पैसा चोरेर जुवा खेल्ने महालक्ष्मी विकास बैंकका ४ कर्मचारीहरु थप ५ दिन हिरासतमै रहने भएका छन्। बैंकको ३ करोड घोटाला गरेको आरोपमा प्रहरी हिरासतमा रहेका ४ कर्मचारीको थप अनुसन्धानका लागि थप ५ दिनको म्याद थप भएको हो ।
उच्च अदालतले उनीहरुविरुद्ध अनुसन्धान गर्न पाचौं पटकका लागि थप ५ दिनको म्याद थप गरिदिएको हो ।