PRABHU BANK

नेपाल एग्रो लघुवित्त वित्तीय संस्थाद्धारा कर्मचारीको क्षमता अभिवृद्धि तालिम सम्पन्न

Nepal Agro Laghubitta
  • बैंकिङ संसार
काठमाडौं । नेपाल एग्रो लघुवित्त वित्तीय संस्थाले कर्मचारीको क्षमता अभिवृद्धि तालिम सम्पन्न गरेको छ । लघुवित्तले पाल्पाको तान्सेनमा शुक्रबार र शनिबार दोस्रो क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको हो ।
लघुवित्तको केन्द्रीय कार्यालय कास्कीको आयोजनामा गण्डकी र लुम्बिनी प्रदेश अन्तर्गतका शाखा कार्यालयहरुको तालिम सम्पन्न भएको हो । तालिममा १० शाखाका ३५ जना कर्मचारीहरु सहभागी रहेका थिए ।
तालिमको उद्घाटन गर्दै संस्थाका निमित्त प्रमुख कार्यकारी अधिकृत मिनबहादुर बोहराले कार्यक्रमको उद्देश्यबारे प्रष्ट पारिन् । यस्तै संस्थाले हालसम्म २१ हजार २ सय घरपरिवारलाई प्रत्यक्ष सेवा प्रदान गर्दै ८१ करोड ३० लाख कर्जा उपलब्ध गराएको पनि बताएकी छिन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै