PRABHU BANK

बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाह हुने ३ प्रकारको कर्जामा नेपाल राष्ट्र बैंकले कडाई गर्ने

Nepal Rastra Bank
  • बैंकिङ संसार
काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाह हुने ३ प्रकारको कर्जामा नेपाल राष्ट्र बैंकले कडाई गर्ने भएको छ । चालु आर्थिक वर्षको त्रैमासिक मौद्रिक समीक्षामार्फत सेयर, रियलस्टेट कर्जामा कडाई गर्ने भएको हो ।
बैंकले उक्त निर्देशिका यसैसाता नयाँ निर्देशिकामार्फत औपचारिक रुपमा लागू गर्ने भएको छ । नेपाल राष्ट्र बैंकका प्रबक्ता गुणाकर भट्टले यसै साता नयाँ निर्देशिका जारी हुने जानकारी दिएका हुन् । नेपाल राष्ट्र बैंकले नयाँ निर्देशिकामार्फत मौद्रिक नीतिको समीक्षालाई व्यवहारिक कार्यान्वयन गर्न लागेको हो ।
नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमाथिको समीक्षामार्फत केन्द्रीय सेयर, रियलस्टेट धितो कर्जा र व्यक्ति अधिविकर्ष कर्जामा विद्यमान व्यवस्था पुनरावलोकन गर्ने राष्ट्र बैंकले जनाइसकेको छ । राष्ट्र बैंकले ऋण सम्बन्धी व्यवस्था संशोधन गर्ने भनेपछि सेयर लगानीकर्ताहरु नयाँ निर्देशिका कस्तो आउँछ भनेर व्यग्र प्रतिक्षा गरिरहेका छन् । त्यस्तै रियलस्टे कर्जा सम्बन्धी व्यवस्था पुनरावलोकन गर्ने केन्द्रीय बैंकको उद्घोषले घरजग्गा क्षेत्रमा प्रवाह हुने कर्जा समेतमाथि कडाई गरिने देखिएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै