PRABHU BANK

सेञ्चुरी कमर्सियल बैंकको नयाँ शाखा मुस्ताङ जिल्लाको लेतेमा

Century Bank
  • बैंकिङ संसार
काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले थप नयाँ शाखा संचालनमा ल्याएको छ । बैकले आइतबारबाट मुस्ताङ जिल्लाको लेतेमा नयाँ शाखा संचालनमा ल्याएको हो । ग्राहकहरुको सेवामा थप विस्तार गर्ने उद्देश्यले मुस्ताङको लेते गा.वि.स-३ मा बैकिङ सेवा सुरु गरेको हो । 
सबै क्षेत्रसम्म बैकिङ सेवा विस्तार गर्ने उद्देश्यले यसअघि बैकले विभिन्न स्थानमा शाखा, शाखा रहित बैकिङ सेवा तथा एक्सटेनसन काउण्टरहरु संचालनमा ल्याई बैकिङ सेवाहरु ग्राहकवर्गहरुलाई प्रदान गदै आइरहेको छ । यो शाखा संचालनमा आएसंगै बैंकको शाखा संजाल ११५ पुगेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै