PRABHU BANK

आईसीएफसी फाइनान्सद्धारा आर्थिक वर्ष २०७६/७७ को लाभांश घोषणा

ICFC Finance
  • बैंकिङ संसार
काठमाडौं । आईसीएफसी फाइनान्स लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट सेयरधनीलाई १५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
मंसिर २१ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले उक्त लाभांश प्रस्ताव गरेको हो । बैठकले गत आर्थिक वर्षको नाफाबाट चुक्ता पुँजीको १०.५० प्रतिशत बोनस र ४.५० प्रतिशत नगद गरी १५ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । हाल कम्पनीको चुक्ता पुँजी ९२ करोड ६५ लाख रुपैयाँ रहेको छ । १५ प्रतिशत बोनस पश्चात फाइनान्सको चुक्ता पुँजी १ अर्व रुपैयाँ पुग्नेछ । 
उक्त प्रस्तावित लाभांश अघिल्लो दुई वर्ष यताकै उच्च लाभांश हो । कम्पनीले आर्थिक वर्ष २०७४/७५को नाफाबाट संस्थाले ८ प्रतिशत नगद लाभांश वितरण गरेको थियो भने आर्थिक वर्ष २०७५/७६ को नाफाबाट सेयरधनीलाई १३ प्रतिशत लाभांश वितरण गरेको थियो । उक्त प्रस्तावलाई नेपाल राष्ट बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि मात्रै सेयरधनीहरुले पाउने भएका छन् । 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै