PRABHU BANK

लुम्बिनी विकास बैंकका सेयरधनीहरुले १० प्रतिशत लाभांश पाउने

Lumbini Bikas Bank
  • बैंकिङ संसार
काठमाडौं । लुम्बिनी विकास बैंकका सेयरधनीहरुले लाभांश पाउने भएका छन् । बैंकका सेयरधनीहरुले गत आर्थिक वर्ष २०७६/७७ को नाफाबाट चुक्ता पुँजीको १० प्रतिशत लाभांश पाउने भएका हुन् ।
बैंकले चुक्ता पुँजीको ७ प्रतिशत बोनस र ३ प्रतिशत नगद लाभांश (बोनसमा लाग्ने कर सहित कूल लाभांश कर समेत) गरी सो मात्राको लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । मंसिर २३ गते बसेको बैंक सञ्चालक समितिको बैठकले उक्त प्रस्ताव गरेको हो । 
उक्त प्रस्तावित लाभांश अघिल्लो आर्थिक वर्षको तुलनामा कम हो । बैंकले अघिल्लो आर्थिक वर्ष २०७५/७६को नाफाबाट सेयरधनीलाई कूल २० प्रतिशत लाभांश वितरण गरेको थियो । बैंकको कूल लाभांश घटेपनि बोनसदर भने अघिल्लो आर्थिक वर्षको भन्दा २ प्रतिशत बढी हो । उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत गरेपछि र बैंकको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि मात्र बैकका सेयरधनीहरुले प्राप्त गनै सक्नेछन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै