काठमाडौँ। समृद्धि फाइनान्स कम्पनीको ईटहरी शाखाले आफ्नो तेस्रो वार्षिकोत्सव विशेष कार्यक्रमका साथ मनाएको छ । ईटहरी शाखाका ग्राहकहरू र स्थानीय व्यक्तिहरूको उपस्थितिमा फाइनान्सले तेस्रो वार्षिकोत्सव मनाएको हो ।
यस अवसरमा शाखाले आफ्नो तीन वर्षको प्रगति विवरण सार्वजनिक गर्दै हालसम्मको उपलब्धिहरू प्रस्तुत गर्यो। शाखा प्रमुखले ग्राहकहरूको साथ र विश्वासकै कारण शाखाले निरन्तर प्रगति हासिल गरेको जानकारी गराउँदै आगामी दिनहरूमा अझ प्रभावकारी सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।
कार्यक्रममा सहभागी ग्राहकहरू र स्थानीय व्यक्तिहरूलाई आभार व्यक्त गर्दै, समृद्धि फाइनान्सले आगामी दिनमा अझ उत्कृष्ट सेवा र सहकार्यको अपेक्षा राखेको जनाएको छ।
नेपाल राष्ट्र बैंकबाट ‘ग’ वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको समृद्धि फाइनान्स कम्पनी लिमिटेडले हाल १३ वटा शाखाहरु मार्फत कारोबार गर्दै आएको छ भने आरटिजिएस, आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, क्लियरिङ लगायतका बैंकिङ र मोवाइल बैंकिङ, डेबीट कार्ड, क्यू .आर कोड जस्ता डिजिटल सुविधाहरु प्रदान गरिरहेको छ ।