DISH HOME

स्कुल बन्द हुने भएपछि बैंकका कर्मचारी मर्कामा

काठमाडौँ। भदौ १८ गतेदेखि देशभरका स्कुल बन्द गर्ने स्कुलवालाहरुको घोषणापछि केटाकेटीलाई स्कुल पुर्याएर आफुहरु बैंकको जागिरमा जाने बैंकका कर्मचारीहरु मर्कामा पर्ने भएका छन् ।

घरमा केटाकेटी हेर्ने पनि कोहि नहुने, बैंकमै लैजान पनि नमिल्ने र घरमा एक्लै छोड्न पनि नमिल्ने भएपछि बैंकका कर्मचारीहरु मर्कामा पर्ने देखिएका हुन् । मर्कामा पर्ने भएपछि उनीहरुले बैंकमा केही दिन बिदाको माग गरेका छन् ।

भदौ १८ गते देखि सबै निजी स्कुलहरु बन्द गरेर स्कुलवालाहरु आन्दोलनमा उत्रिने भएपछि अभिभावकहरुले पनि सो समयको स्कुल फी नलिन आग्रह गरेका छन् ।

यद्यपी स्कुलवालाहरुले भने बैंकको किस्ता तिर्नुपर्ने भएकाले फी मिनाहा गर्न नसकिने बताउन थालेका हुन्।

HIMALAYAN LIFE
Shangrila Dev Bank

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै