prabhu

वाणिज्य बैंकबाट घरजग्गामा प्रवाह हुने कर्जा बढ्यो, घरजग्गा किन्न ऋणीले लिए २ खर्ब रुपैयाँ बढी ऋण !

काठमाडौँ। वाणिज्य बैंकहरुबाट घरजग्गामा २ खर्ब रुपैयाँ बढी कर्जा लगानी भएको छ। गत आर्थिक वर्ष २०८१-८२ मा २० वटा वाणिज्य बैंकहरूबाट घरजग्गामा २ खर्ब ३० अर्ब ९३ करोड रुपैयाँ कर्जा लगानी भएको हो।

अघिल्लो आर्थिक वर्ष २०८०-८१ मा २ खर्ब २४ अर्ब ६५ करोड रुपैयाँ कर्जा विस्तार गरेका थिए। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा घरजग्गामा जाने कर्जा २.८० प्रतिशतले बढेको छ। अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा १५ वटा वाणिज्य बैंकले घरजग्गाको कर्जा लगानी बढाएका छन् भने ५ वटाको घटेको छ। सबैभन्दा धेरै कर्जा प्रवाह गर्नेमा नेपाल इन्भेस्टमेन्ट मेगा बैंक रहेको छ भने वृद्धिदरका हिसाबले कुमारी बैंक अगाडि रहेको छ।

समीक्षा वर्षमा नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले २५ अर्ब ११ करोड ६४ लाख रुपैयाँ घरजग्गामा कर्जा लगानी गरेको छ। अघिल्लो वर्ष बैंकले २४ अर्ब ६३ करोड ७९ लाख रुपैयाँ कर्जा प्रवाह गरेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको कर्जा लगानी १.९४ प्रतिशतले बढेको छ। समीक्षा वर्षमा नबिल बैंकले २४ अर्ब ६५ करोड ४७ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ। अघिल्लो वर्ष बैंकले २३ अर्ब ५५ करोड ७१ लाख रुपैयाँ घरजग्गामा कर्जा लगानी गरेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा यो बैंकबाट गएको कर्जा ४.६६ प्रतिशतले बढेको छ।

तेस्रोमा सबैभन्दा धेरै घरजग्गा कर्जा प्रवाह गर्ने बैंकमा नेपाल इन्भेस्टमेन्ट मेगा रहेको छ।  अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा एनआईसी एसियासँगै हिमालयन बैंक, नेपाल बैंक, सिद्धार्थ बैंक र नेपाल एसबीआई बैंकबाट घरजग्गामा गएको कर्जा घटेको छ भने बाँकी १५ वटा वाणिज्य बैंकको बढेको छ। जसमध्ये कुमारी बैंकले घरजग्गामा ७५.२२ प्रतिशतले कर्जा लगानी बढाएको छ भने नेपाल बैंकबाट प्रवाह  भएको कर्जा सर्वाधिक ३८.५७ प्रतिशतले घटेको छ।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै