DISH HOME

फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको संस्थापक समूहको सेयर लिलामीमार्फत बिक्री खुल्ला

First Microfinance Laghubitta
  • बैंकिङ संसार
काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक समूहको सेयर लिलामीमार्फत बिक्री खुल्ला गरेको छ । कम्पनीले मंसिर २८ आइतबारदेखि १ लाख ५० हजार कित्ता संस्थापक समूहको सेयर लिलामीमार्फत बिक्री खुल्ला गरेको हो । उक्त सेयरको प्रति कित्ता न्यूनतम मूल्य २ सय ९५ रूपैयाँ तोकिएको छ । 
उक्त सेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी तथा संघ संस्थाहरूले मङ्सिर २८ गतेबाट पौष १९ गतेसम्म न्युनतम १५ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिने भएको छ । आवेदकले बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड, कमलादी, काठमाडौंमा आइपुग्ने गरि आवेदन पेश गर्नुपर्ने भएको छ ।

HIMALAYAN LIFE
Shangrila Dev Bank

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै