PRABHU BANK

आरएसडीसी लघुवित्त वित्तीय संस्थाले बोलायो साधारणसभा, यस्ता छन् मुख्य एजेण्डाहरु

RSDC Laghubitta
  • बैंकिङ संसार
काठमाडौं । आरएसडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारणसभा बोलाएको छ । कम्पनीले पुस २४ गते साधारणसभा बोलाएको हो । कम्पनीको उक्त सभा वुटवलमा हुने भएको छ तर आधिकारीक समय भने खुलाइएको छैन ।
उक्त सभामा १२.६३ प्रतिशत लाभांश वितरण गर्ने एजेन्डा पनि पेश हुने भएको छ । कम्पनीले गत वर्षको नाफाबाट ९ प्रतिशत बोनस सेयर र ३.६३ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । साथै सभामा आर्थिक वर्ष २०७६/७७ को नाफा नोक्सान सम्बन्धी हिसाबकिताबका सम्बन्धमा पनि छलफल हुने भएको छ ।
त्यस्तै आर्थिक वर्ष २०७७/७८ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहेको छ । आरएसडीसीले अन्य कुनै वित्तीय संस्थामा गाभ्ने/गाभिने परेमा त्यसको सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने एजेन्डा पनि पेश गर्ने भएको छ । सभा प्रयोजनका लागि कम्पनीले पुस १० गते बुक क्लोज गर्ने भएको छ । त्यसकारण पुस ९ गतेसम्म कायम सेयरधनीहरुले मात्र लाभांश सुरक्षित गर्न पाउनेछन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै