PRABHU BANK

सनराइज बैंकको साधारणसभा पौष २४ गते हुने, यस्ता छन् छलफलका मुख्य विषयहरु

Sunrise Bank
  • बैंकिङ संसार
काठमाडौं । सनराइज बैंक लिमिटेडको वार्षिक साधारणसभा पौषमा हुने भएको छ । बैंकको १३औं वार्षिक साधारणसभा पौष २४ गते आम्रपाली बेङ्कक्वेट बालुवाटार काठमाडौंमा हुने भएको हो । उक्त साधारणसभा भने बिहान १० बजेबाट सुरु हुने भएको छ ।
बैंकको साधारणसभाले ८.२८ प्रतिशत लाभांश पारित पनि गर्ने भएको छ । बैंकले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट ५.८० प्रतिशत बोनस सेयर र २.४८ प्रतिशत नगद लाभांश गरी कुल ८.२८ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरी राष्ट्र बैंकबाट समेत अनुमति लिई सकेको छ । उक्त लाभांश साधारणसभाबाट पारित भएपछि वितरण गरिने कम्पनीले जनाएको छ ।
कूल चुक्ता पुँजी ८ अर्व ९६ करोड ७८ लाख रहेको बैंकको साधारणसभामा वित्तीय विवरण पारित गर्ने लगायतका नियमित एजेण्डाहरुसहित प्रबन्धपत्र नियमावली संशोधन गर्ने भएको छ । बैंकले साधारणसभा प्रयोजनको लागि पुस ७ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसकारण पुस ६ गतेसम्म कायम सेयरधनीहरुले मात्र साधारणसभामा भाग लिन तथा प्रस्तावित लाभांश पाउने बैंकले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै