DISH HOME

सेयर लगानीकर्ताले खासै चासो नदेखाएपछि एनआईसी एशिया इक्विटी लिंक्ड इन्भेष्टमेन्ट स्किम किन्ने समय थप

काठमाडौँ। एनआईसी एशिया बैंकको प्रायोजनमा एनआईसी एशिया क्यापिटल लिमिटेडले साउन २९ गतेदेखि बिक्रीमा ल्याएको एनआईसी एशिया इक्विटी लिंक्ड इन्भेष्टमेन्ट स्किम किन्न सेयर लगानीकर्ताले खासै चासो नदेखाएपछि सो इकाई खरिदका लागि आवेदन दिने अवधि लम्बाइएको छ ।

सो म्युचुअल फण्डमा फाइदा नहुने देखेपछि सेयर लगानीकर्ताले चासो नदिंदा सो इकाई खरिदको अवधि बढाइएको हो । अब लगानीकर्ताले भदौ १२ गतेसम्म सो योजनामा आवेदन दिन सक्नेछन् ।

यद्यपी सो समयसम्म पनि इकाई बिक्री नहुने देखेपछि क्यापिटलले केहि संस्थागत लगानीकर्तालाई जवर्जस्ती सो इकाई किन्न अनुरोध गरिरहेका छन् ।

HIMALAYAN LIFE
Shangrila Dev Bank

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै