prabhu

चाँदी आयात सटही सुविधामा राष्ट्र बैंकको खुकुलो नीति, अब ५ लाख डलरसम्मको सटही सुविधा !

काठमाडौँ। नेपाल राष्ट्र बैंकले चाँदी आयातमा सटही सुविधा खुकुलो बनाएको छ । राष्ट्र बैंकले एकीकृत परिपत्र संशोधन गर्दै अब चाँदी आयातका लागि उद्योगहरूलाई प्रतिपटक ५ लाख अमेरिकी डलरसम्म वा सो बराबरको विदेशी मुद्रा सटही सुविधा दिने निर्णय गरेको हो ।

यसअघि यो सीमा ३ लाख डलर थियो । अन्य व्यवसायीहरूलाई भने १ लाख डलरसम्मको सटही सुविधा मात्र हुनेछ । सटही सुविधा प्राप्त गर्न वाणिज्य बैंकहरूले अघिल्लो सटहीमार्फत आयात र त्यसको निर्यात स्थिति जाँच्नुपर्नेछ भने व्यवसायीहरूले अन्य बैंकबाट बक्यौता नभएको स्वघोषणा पनि दिनुपर्नेछ ।

गत आर्थिक वर्षको पहिलो १० महिनामा चाँदी आयात ५ अर्ब रुपैयाँ पुगेको छ। जुन अघिल्लो वर्षको तुलनामा ६८.८ प्रतिशतले बढी हो । राष्ट्र बैंकले विदेशी मुद्रा सञ्चिति वृद्धि भएपछि सटही सुविधा खुकुलो बनाएको हो ।

हाल सञ्चिति २५ खर्ब ६९ अर्ब रुपैयाँ (१८.६५ अर्ब डलर) पुगेको छ। जुन १७.६ महिनाको वस्तु आयात र १४.७ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त छ ।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै