DISH HOME

सनराइज बैंकले गर्यो सिद्धार्थ गुप्र अफ हस्पिट्यालिटीसँग सम्झौता, हस्पिट्यालिटीको सेवामा विशेष छुट पाइने

Sunrise Bank
  • बैंकिङ संसार
काठमाडौं । सनराइज बैंक लिमिटेडले सिद्धार्थ गुप्र अफ हस्पिट्यालिटीसँग सम्झौता गरेको छ । बैंकले ग्राहकलाई होटल क्षेत्रमा समेत विभिन्न छुट दिने उद्देश्यले सिद्धार्थ गुप्र अफ हस्पिट्यालिटीसँग सम्झौता गरेको हो । सम्झौता अनुसार बैंकका ग्राहकहरुले सिद्धार्थ गुप्रका होटलहरुमा खान, बस्न तथा बेबरेज जस्ता सुविधाको भुक्तानी गर्दा सनराइज बैंकको क्रेडिट तथा डेबिट कार्डमार्फत भुक्तानी गर्दा १० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्ने भएका छन् ।
उक्त सम्झौता पश्चात सिद्धार्थ गुप्र अन्तर्गत रहेका काठमाडौं उपत्यका तथा उपत्यका बाहिर महेन्द्रनगर, कैलाली, बुटबल, सुर्खेत, बिर्तामोड लगायतका अन्य जिल्लाहरुमा अवस्थित होटल, रिर्सोट, रेष्टुरेन्ट तथा क्याफेहरुमा पनि ग्राहकहरुले छुट लिन सक्ने भएका छन् । बैंकले आफ्ना ग्राहकहरुलाई नबिनतम सेवा प्रदान गर्दै आइरहेको र ग्राहकहरुको अपेक्षाअनुरुप सेवा सुविधाहरु थप गर्दै जाने बैंकले जनाएको छ ।

HIMALAYAN LIFE
Shangrila Dev Bank

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै