PRABHU BANK

सिटिजन्स बैंक र करियर स्टेसनबीच सहकार्य, ग्राहकहरुले विशेष छुट पाउने

Citizens Bank
  • बैंकिङ संसार
काठमाडौं । सिटिजन्स बैंक र करियर स्टेसनबीच सहकार्य भएको छ । बैंकका ग्राहकहरुले नयाँ बानेश्वको करियर स्टेसनमा विशेष छुट पाउने सम्बन्भमा दुई कम्पनीबीच सम्झौता भएको हो । यस सम्झौता पश्चात सिटिजन्स बैंकका डेबिट, क्रेडिट र प्रिभिलेज कार्ड वाहक ग्राहक तथा ग्राहकको परिवारका सदस्यहरुले करियर स्टेसनमा सेवा लिदा विशेष छुट पाउने छन् ।
अब बैंकका ग्राहकहरुले आयल्स कुम्याट टोफेल स्याट पीटीई सीम्याट जीम्याट जीआरईका तयारी कक्षामा विशेष छुट पाउने भएका हुन् । सिटिजन्स बैंकले देशैभरी फैलिएका आफ्ना १ सय ११ वटा शाखा, १ सय ४ वटा शाखा रहित बैंकिङ सेवा र ९९ वटा एटिएममार्फत आफ्ना सेवाग्राहीहरुलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आईरहेको छ । यस्तै बैंकको करिव साढे ७ लाख सदस्य संख्या रहेका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै