- बैंकिङ संसार
काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले नेशनल प्याथ ल्याब तथा रिसर्च सेन्टर प्रा.लिसँग सम्झौता गरेको छ । बैंक र ल्याबबीच बैंकका ग्राहकहरुले नेशनल प्याथ ल्याबमा छुट उपलब्ध गराउने सम्बन्धमा सम्झौता भएको हो ।
बैंकका ग्राहकहरुले डेबिट तथा क्रेडिट कार्डको माद्यमबाट भुक्तानी गर्दा १५ प्रतिशतसम्म छुट पाउने भएको छ । बैंकका बुटवल शाखा कार्यालयका शाखा प्रबन्धक रत्न बहादुर खड्का र नेशनल प्याथ ल्याब, रुपन्देहीका निर्देशक पवन जोशीले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट क श्रेणीको मान्यता प्राप्त प्रयोगशाला नेशनल प्याथ ल्याब तथा रिसर्च सेन्टर प्रा.लिले बुटवल, भैरहवा, गुल्मी, अर्घाखाँची, तुलसीपुर, घोराही तथा धनगढी लगायतको क्षेत्रहरुमा सेवा प्रदान गर्दै आईरहेको छ । यस्तै बैंकले हालसम्म ९१ शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टरमार्फत आफ्ना ग्राहकलाई उत्कृष्ट बैंकिङ सुविधा प्रदान गर्दै आईरहेको छ ।