काठमाडौं । नबिल बैंकले एशियन बैंकिङ एण्ड फाइनान्स अवार्ड २०२५ मा दुई प्रतिष्ठित अवार्ड जितेको छ। बैंकले ‘साइबर सेक्युरिटी इनोभेसन अवार्ड नेपाल’ र ‘नेपाल डोमेस्टिक प्रोजेक्ट फाइनान्स बैंक अफ द इयर’ उपाधि प्राप्त गरेको हो।
बैंकका अनुसार, अत्याधुनिक प्रविधिको प्रयोग, उत्कृष्ट सेवा, र ग्राहक तथा सरोकारवालाप्रतिको दृढ प्रतिबद्धताका कारण यो सफलता हासिल भएको हो।
‘साइबर सेक्युरिटी इनोभेसन अवार्ड’ डिजिटल सुरक्षालाई उच्च प्राथमिकतामा राख्दै सुरक्षित, भरपर्दो र सहज बैंकिङ अनुभव उपलब्ध गराउने रणनीतिका लागि प्रदान गरिएको हो। त्यस्तै, मुलुकका महत्वपूर्ण पूर्वाधार तथा विकास आयोजनामा वित्तीय साझेदारी गरेबापत ‘नेपाल डोमेस्टिक प्रोजेक्ट फाइनान्स बैंक अफ द इयर’ अवार्ड बैंकको पोल्टामा परेको हो।
नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवालीले भने, ‘यी अवार्डहरू हाम्रो टिमको निरन्तर मेहनत र नवप्रवर्तनप्रतिको समर्पणको परिणाम हुन्। हामीलाई विश्वास गर्ने ग्राहक, साझेदार र सरोकारवालाप्रति धन्यवाद ज्ञापन गर्दछौं।” उनले स्मार्ट र सुरक्षित बैंकिङमार्फत नेपाली बैंकिङलाई नयाँ उचाइमा पुर्याउने प्रतिबद्धता पनि जनाए।
हाल नबिल बैंकले देशभरका २६८ शाखा र ३२१ एटिएममार्फत २५ लाखभन्दा बढी ग्राहकलाई सेवा दिइरहेको छ। चार दशकदेखि बैंकले नवीनतम सेवा प्रवर्द्धनमा अग्रणी भूमिका निर्वाह गर्दै आएको छ।