prabhu

एनएमबि लघुवित्तले आर्थिक वर्ष २०८१/८२ मा घाटाबाट नाफामा ठूलो फड्को

काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरणअनुसार, संस्थाले यस अवधिमा ६ करोड ३८ लाख रुपैयाँ नाफा आर्जन गरेको छ, जुन अघिल्लो वर्षको ५ करोड २९ लाख रुपैयाँ घाटासँग तुलना गर्दा ठूलो सुधार हो।

समीक्षा अवधिमा संस्थाको सञ्चालन मुनाफा ६ करोड ८८ रुपैयाँ रहेको छ, जब कि अघिल्लो वर्ष यो सञ्चालन घाटा ५ करोड ३२ लाख रुपैयाँ थियो । यसैगरी, ब्याज आम्दानी ७९ करोड ६५ लाख रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको ६४ करोड ६७ लाख रुपैयाँको तुलनामा २३.१५ प्रतिशतले वृद्धि भएको छ।

संस्थाको वितरणयोग्य मुनाफा ४ करोड ७५ लाख रुपैयाँ पुगेको छ। चुक्तापुँजी ७२ करोड १४ लाख रुपैयाँ कायम छ भने रिटेन्ड अर्निङ र रिजर्भमा क्रमशः २० लाख रुपैयाँ र २१ करोड ८० लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष रिटेन्ड अर्निङ ऋणात्मक ६ करोड ३१ लाख रुपैयाँ थियो भने रिजर्भ २० करोड २९ लाख रुपैयाँ थियो।

समीक्षा अवधिमा संस्थाले ४ अर्ब ३३ करोड ४४ लाख रुपैयाँ सापटी लिएर ६ अर्ब ७५ करोड २३ लाख रुपैयाँ कर्जा लगानी गरेको छ, जुन अघिल्लो वर्षको ३ अर्ब ३९ करोड ८ लाख रुपैयाँ सापटी र ५ अर्ब ३१ करोड ६१ लाख रुपैयाँ कर्जा लगानी भन्दा वृद्धि हो।

खराब कर्जा अनुपात ४.४३ प्रतिशतमा झरेको छ, जुन अघिल्लो वर्षको ६.३५ प्रतिशतभन्दा कम हो। संस्थाको वार्षिक प्रतिशेयर आम्दानी ८.८५ रुपैयाँ कायम भएको छ, जबकि अघिल्लो वर्ष ईपीएस ऋणात्मक ७.३३ रुपैयाँ थियो। पीई अनुपात ८४.२० गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १४०.६१ रुपैयाँ पुगेको छ।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै