PRABHU BANK

ग्लोबल आइएमई बैंक र त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालयबीच सम्झौता

Global IME Bank
  • बैंकिङ संसार
काठमाडौं । ग्लोबल आइएमई बैंक र त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय (प.नि.का) बल्खुबीच सम्झौता भएको छ । बैंकले प्रदान गर्ने सेवा सुविधाहरु सम्बन्धी बैंक र त्रिभुवन विश्वविद्यालयबीच सम्झौता भएको हो । ग्लोबल आइएमई बैंकको तर्फबाट किर्तिपुर शाखा कार्यालय प्रमुख शोभा न्यौपाने र त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालयका तर्फबाट परीक्षा नियन्त्रक पुष्पराज जोशीले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।
उक्त सम्झौता अनुसार त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालयमा दैनिक रुपमा संकलन हुने शुल्क तथा धरौटी वापतको रकम संकलन गर्ने व्यवस्थाका साथै त्रि.वि.अन्तर्गतका क्याम्पसहरुले बैंकका सम्पुर्ण शाखा कार्यालयबाट शुल्क रकम जम्मा गर्न सक्ने भएका छन् । त्रि.वि.का विद्यार्थीहरुको सम्पूर्ण कारोबार यस बैंकको बल्खुस्थित काउन्टर लगायत नेपाल अधिराज्यभरका सबै शाखाबाट त्रि.वि.को आम्दानी खातामा जम्मा गर्न सकिने भएको छ । यसका साथै उक्त काउण्टरबाट प.नि.कामा कार्यरत कर्मचारीहरुको बचत खाता खोल्ने, चेक सटही सुविधा प्रदान गर्ने, नगद एवं चेक जम्मा लिने/दिने लगायतका सम्पूर्ण बैंकिङ सुविधा उपलब्ध हुने भएको छ ।
विभिन्न सरकारी कार्यालयहरुको आर्थिक कारोबार बैंक मार्फत गर्ने गराउने सरकारको नीति अनुरुप ग्लोबल आइएमई बैंक लिमिटेडले देशभरका विभिन्न सरकारी कार्यालय, उद्योग, विभाग, यातायात व्यवस्था कार्यालय, आन्तरिक राजश्व कार्यालय, मालपोत कार्यालय लगायतका ३० वटा भन्दा बढी सरकारी कार्यालय परिसरबाटसमेत आफ्नो सेवा प्रदान गर्दै आईरहेको छ ।
बैंकले हालसम्म २ सय ६४ शाखा सञ्जाल सहित २ सय ३९ एटिएम, २ सय ३९ शाखा रहित बैंकिङ सेवा र ४७ एक्सटेन्सन काउण्टर तथा राजश्व संकलन काउण्टरमार्फत आफ्ना सेवाग्राहीहरुलाई आधुनिक बैंकिङ सुविधा प्रदान गर्दै आईरहेको छ । यस्तै ३ अन्तर्राष्ट्रिय प्रतिनिधि/सम्पर्क कार्यालय मार्फत आफ्ना २१ लाख भन्दा बढि ग्राहकहरुमाझ पनि बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै