PRABHU BANK

माछापुच्छ्रे बैंक लिमिटेड र जेसीबीको आधिकारिक वितरक एमएडब्लु अर्थमुभर्स प्रा.लिबीच सम्झौता

Machhapuchchhre Bank
  • बैंकिङ संसार
काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेड र एमएडब्लु अर्थमुभर्स प्रा.लिबीच सम्झौता भएको छ । नेपालका लागि जेसीबी निर्माण तथा हेभी उपकरणको आधिकारिक वितरक एमएडब्लु अर्थमुभर्स प्रालिसँग सहज फाइनान्सिङका लागि बैंकसँग सम्झौता भएको हो । माछापुच्छ्रे बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला र एमएडब्लु अर्थमुभर्सको तर्फबाट अध्यक्ष विष्णु कुमार अग्रवालले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।
‘हामीलाई विश्वास छ यो सहमतिले हाम्रा ग्राहकलाई सहज फाइनान्सिङमा सहयोग गर्ने विश्वास हामीले लिएका छौं । नेपालभर माछापुच्छ्रे बैंकका १ सय ६० वटा शाखाहरु छन् । यसले निर्माण कार्यमा संलग्न देशभरका ग्राहकलाई जेसीबीको फाइनान्सिङ गर्न सहज गर्नेछ ।’ एमएडब्लु अर्थमुभर्सका भाइस प्रेसिडेन्ट तथा प्रमुख कार्यकारी अधिकृत गोपाल कुमार अग्रवालले भने, ‘अहिलेसम्म हामीले ७ वटा बैंक तथा वित्तीय संस्थासँग सम्झौता गरिसकेका छौं ।’
त्यसैगरी एमएडब्लु अर्थमुभर्सका अध्यक्ष विष्णु कुमार अग्रवालले जेसीबीको केन्द्रमा सधैं आफ्नो ग्राहकवर्ग रहने बताए । साथै यो नयाँ सम्झौताले हाम्रा ग्राहकलाई सहज बनाउनुका साथै देश विकासमा पनि मद्दत पुर्याउने विश्वास रहेको पनि उनले बताएका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै