DISH HOME

‘सरकारले व्यक्तिका खातामा पैसा हाल्न सक्नुपर्छ’- पूर्वगभर्नर नेपाल

काठमाडौँ। नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर चिरञ्जीवि नेपालले अर्थतन्त्रलाई चलायमान बनाउन सरकारले व्यक्तिका खातामा पैसा हाल्न सक्नुपर्ने अचम्मको अभिव्यक्ति दिएका छन् । उनले विदेशमा व्यवस्था भएको भन्दै यस्तो अभिव्यक्ति दिएका हुन् ।

नेपाली कांग्रेस वित्तीय संस्था समन्वय विभागले आयोजना गरेको वर्तमान अवस्थामा देशको वित्तीय तथा मौद्रिक स्थीति विषय अन्तरक्रियामा उनले यस्तो बताएका छन् ।

ब्याजदर घट्दा पनि ऋण प्रवाह बढ्न नसक्नु र धेरै पैसा बजारमा थुप्रिनु सकारात्मक नरहेको उनको भनाइ छ। साथै, उनले लचिलो मौद्रिक नीतिका कारण जोखिमहरु पनि धेरै रहेको उल्लेख गरेका छन्।

Shangrila Dev Bank

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै