prabhu

‘बैंकिङ क्षेत्रलाई प्रविधिमैत्री बनाउन आवश्यक छ’: डेपुटी गभर्नर

काठमाडौँ। नेपाल राष्ट्र बैंकका वरिष्ठ डेपुटी गभर्नर नीलम ढुङ्गानाले आगामी दिनमा बैंकिङ क्षेत्रलाई थप प्रविधिमैत्री र पारदर्शी बनाउँदै जानुपर्ने आवश्यकता रहेको बताएकी छिन्। आर्थिक मिडिया एसोसिएसन नेपाल (इमान) ले काठमाडौँमा आयोजना गरेको ‘इमान संवाद: फ्युचर अफ बैंकिङ’ छलफल कार्यक्रममा बोल्दै उनले यस्तो बताएकी हुन्।
उनले बैंकिङ क्षेत्रलाई आधुनिक प्रविधिमैत्री, पारदर्शी र जनता केन्द्रित बनाउँदै सेवा प्रवाहलाई चुस्तदुरुस्त बनाउनुपर्नेमा जोड दिएकी छिन् । उनले डिजिटल वित्तीय सेवाको द्रुत विकास र ग्राहकमैत्री प्रणालीको विकासले बैंकिङ क्षेत्रको भविष्य निर्धारण गर्ने समेत उल्लेख गरेकी छिन्।
कार्यक्रममा बैंकिङ प्रणालीको भविष्य, डिजिटल प्रविधि र वित्तीय सुरक्षाबारे छलफल गर्नुका साथै अर्थतन्त्रका विविध पक्षका बारेमा सुझाव आदानप्रदान भएको थियो।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै