PRABHU BANK

एनएनबि बैंकको २५औं वार्षिक साधारणसभा आगामी पुस २९ गते बुधबार हुने

NMB Bank
  • बैंकिङ संसार
काठमाडौं । एनएनबि बैंकको वार्षिक साधारणसभा हुने भएको छ । बैंकको वार्षिक साधारणसभा आगामी पुस २९ गते बुधबार हुने भएको हो । बैंकले लाभांश पारित गर्न पुस २९ गते बुधबार आफ्नो २५औं वार्षिक साधारणसभा बोलाएको हो ।
सभाले प्रस्तावित १६.२० प्रतिशत लाभांश पारित गर्ने भएको छ । कम्पनी सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई १३ प्रतिशत बोनस र ३.२० प्रतिशत नगद लाभांश (कर सहित) गरी सो मात्राको लाभांश प्रस्ताव गरेको थियो ।
सभामा जाने प्रयोजनको लागि बैंकको आगामी पुस १६ गते बुक क्लोज हुने भएको छ । यस कारण पुस १५ गतेसम्म कायम सेयरधनीहरुले मात्र बैंकको प्रस्तावित लाभांश पाउनुका साथै कम्पनीको वार्षिक साधारणसभामा भाग लिन पाउनेछन् । हाल बैंकको चुक्ता पुँजी १४ अर्व ४४ करोड रुपैयाँ रहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै