सांग्रिला डेभलपमेन्ट बैंकको नाफा ६.५१ प्रतिशतले बढ्यो, नाफासँगै बैंकको प्रतिसेयर आम्दानी पनि बढ्यो, कस्तो छ अन्य सूचक ?

काठमाडौँ। सांग्रिला डेभलपमेन्ट बैंकको नाफा बढेको छ। बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार बैंकको नाफा ६.५१ प्रतिशतले बढेको हो ।

चौथो त्रैमाससम्ममा बैंकले ५३ करोड ७० लाख ९५ हजार रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले ५० करोड ४२ लाख ८० हजार रुपैयाँ खुद नाफा कमाएको थियो । त्यस्तै, बैंकको खुद ब्याज आम्दानी भने १.३६ प्रतिशतले घटेको छ भने कुल सञ्चालन आम्दानी ३.३९ प्रतिशतले बढेर २ अर्ब २७ करोड २० लाख रुपैयाँ पुगेको छ ।

बैंकको सञ्चालन नाफा पनि बढेको छ। बैंकको सञ्चालन नाफा १० प्रतिशतले बढेको छ भने वितरणयोग्य नाफा २१३.८१ प्रतिशतले बढेर ४१ करोड ३८ लाख रुपैयाँ पुगेको छ । यस अवधिमा बैंकको नाफासँगै प्रतिसेयर आम्दानी पनि ०.०४ रुपैयाँले बढेर १५.१० रुपैयाँ पुगेको छ भने प्रतिसेयर नेटवर्थ १५६.७१ रुपैयाँ छ ।

यता बैंकको मूल्य आम्दानी अनुपात ३०.६५ गुणा रहेको छ भने बैंकको खराब कर्जा ३.९३ प्रतिशतबाट बढेर ५.६४ प्रतिशत पुगेको छ । साथै, बैंकको चुक्ता पुँजी ३ अर्ब ५५ करोड ६२ लाख रुपैयाँ रहेको छ भने बैंकको जगेडा कोषमा २ अर्ब १ करोड ६८ लाख रुपैयाँ रहेको बैंकले सार्वजनिक गरेको तथ्यांकले देखाएको छ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्