नयाँ गभर्नरको हस्ताक्षरसहित १ हजार दरको नोट छापिने

काठमाडौं । सरकारले १ हजार रुपैयाँ दरको नयाँ बैंक नोट छपाइ गर्ने निर्णय गरेको छ। हालै बसेको मन्त्रिपरिषद् बैठकले नवनियुक्त नेपाल राष्ट्र बैंकका गभर्नर डा। विश्व पौडेलको हस्ताक्षर रहने गरी नयाँ नोट छाप्न स्वीकृति दिएको हो।

अर्थ मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्ले ‘नेपाल राष्ट्र बैंकबाट एक हजार रुपैयाँ दरको नयाँ नोट प्रकाशित गर्न चित्र र आकार स्वीकृत गर्ने’ निर्णय गरेको जनाएको छ।

अब राष्ट्र बैंकले कानुनी प्रक्रिया पुरा गरी निर्धारित डिजाइनअनुसार नयाँ नोट प्रकाशनको तयारी अघि बढाउनेछ।

HIMALAYAN LIFE

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै