prabhu

पद्मा कोलोनी लिलाम गर्दै सांग्रिला डेभलपमेन्ट बैंक, भ्रष्टाचारको मुद्धामा दोषी ठहर कंडेलले तिर्न सकेनन् ऋण !

काठमाडौँ। सांग्रिला डेभलपमेन्ट बैंकले पदमा कोलोनी लिलाम गर्न लागेको छ । बैंकले एक सूचना जारी गर्दै पदमा कोलोनी लिलाम गर्न लागेको जनाएको हो।

कर्जा लिएको पद्मा कोलोनी प्रालिले साँवा, ब्याज नियमित नगरेपछि बैंकले लिलामी प्रक्रिया अघि बढाएको हो ।

ऋण तिर्न पटक-पटक ताकेता गरेपनि बेवास्ता गरेपछि बैंकले ३५ दिन भित्रमा कर्जा तथा सुविधा बापतको रकम भुक्तान गर्न अन्यथा कालोसूचीमा राखेर धितो लिलामी गर्ने जनाएको छ ।

बैंकका अनुसार पद्मा कोलोनीको नाममा रहेको कलंकी काठमाडौँ र लगनखेल ललितपुरमा रहेका जग्गा बिक्रीमा राखिएको छ । पद्मा कोलोनीका अध्यक्ष राजु प्रसाद कडेल हुन् । उनी कम्पनीको एकल सेयरधनी हुन् ।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै