राष्ट्रिय वाणिज्य बैंक र सिप्रदी ट्रेडिङ्गबीच सहकार्य, सहुलियतपुर्ण सवारी कर्जा प्रदान गर्ने

Rastriya Banijya Bank
  • बैंकिङ संसार
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक र सिप्रदी ट्रेडिङ्गबीच सहकार्य भएको छ । बैंक र सिप्रदी ट्रेडिङ्गबीच सहुलियतपूर्ण तथा सवारी कर्जा लगानी गर्ने सम्बन्धमा दुईवटा अलग-अलग सहकार्य भएको हो । उक्त सहकार्य भने पुस १३ गते सोमबार भएको हो । राष्ट्रिय वाणिज्य बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र सिप्रदी ट्रेडिङ्गका तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । 
दुई कम्पनीबिचको पहिलो सम्झौता सहुलियतपूर्ण कर्जा लगानी सम्बन्धी रहेको छ । यस सम्झौता अनुसार टाटा कम्पनीका व्यापारिक सवारी साधन खरीद गरेर व्यवसाय गर्न चाहने उद्यमीहरुलाई सिप्रदी ट्रेडिङ्गले आफ्नो तालिम केन्द्रमा आवश्यक तालिम प्रदान गरी तालिम प्राप्त व्यक्तिलाई कर्जाको लागि बैंकमा सिफारिस गर्ने भएको छ । र सोही उद्यमीहरुलाई बैंकले व्याज अनुदान सम्बन्धी एकीकृत कार्यविधि, २०७५ (संशोधन समेत) अन्तर्गत नियमानुसार सहुलियपूर्ण कर्जा लगानी गर्ने बैंकले जनाएको छ ।
यस्तै दोश्रो सम्झौता नीजि तथा व्यापारिक सवारी कर्जा लगानी सम्बन्धी रहेको छ । यस सम्झौता अनुसार टाटा कम्पनीका नीजि तथा व्यापारिक सवारी साधन सिप्रदी ट्रेडिङ्गमार्फत खरीद गर्न चाहने ग्राहकलाई बैंकले नियमानुसार कर्जा लगानी गर्ने बैंकले जनाएको छ । समारोहमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बैंकको प्रतिस्पर्धी क्षमता वृद्धि गर्नको लागि ठूला व्यापारिक संस्थाहरुसँगको सहकार्य फलदायी हुने बताएका छन् । सिप्रदी ट्रेडिङ्गका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले पनि यस्तो सम्झौताले व्यक्तिको आयस्तर बढ्नुका साथै देशको अर्थतन्त्र उकास्न टेवा पुग्ने बताएका छन् । उक्त कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारीले सम्झौताले दुवै संस्थाको व्यवसाय वृद्धिमा सघाउ पुग्ने बताए ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्