काठमाडौँ। मञ्जुश्री फाइनान्स बुटवल शाखाले नि:शुल्क स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न गरेको छ । फाइनान्स र नेपाल नियमित रक्तदाता संघद्वारा बुटवल-७ दीपनगरस्थित सिद्धेश्वरी लालकुमारी मावि परिसरमा रक्तदान कार्यक्रम, मधुमेह परीक्षण तथा नि:शुल्क स्वास्थ्य शिविर सफलता पूर्वक सम्पन्न भएको हो ।
कार्यक्रममा ८० जनाले रक्तदान गरेका थिए भने २९२ जनाले विभिन्न विशेषज्ञ चिकित्सकहरूसँग नि:शुल्क स्वास्थ्य परीक्षण सेवा लिएका थिए ।
स्वास्थ्य शिविरमा सेवा दिने विशेषज्ञ चिकित्सकहरू डा. सुमन पौडेल, डा.राजीव शाह स्त्रीरोग विशेषज्ञ, डा. पटल गिरी आन्तरिक रोग विशेषज्ञ, डा. सम्राट पराजुली अस्थिरोग विशेषज्ञ रहेका थिए ।
कार्यक्रमको अध्यक्षता दया बहादुर शिलबालले गरेका थिए । विशिष्ट अतिथि सुबास अर्याल, शाखा प्रबन्धक मञ्जुश्री फाइनान्स बुटवल शाखा, स्वागत मन्तव्य नेपाल नियमित रक्तदाता संघका वरिष्ठ उपाध्यक्ष लेखनाथ भण्डारीले दिएका थिए ।