सबैको लघुवित्त वित्तीय संस्थालको नायब महाप्रबन्धकमा पवनकुमार श्रेष्ठ नियुक्त, वित्तीय क्षेत्रमा लामो समयको अनुभव

Sabaiko Laghubitta
  • बैंकिङ संसार
काठमाडौं । सबैको लघुवित्त वित्तीय संस्थाले नायब महाप्रवन्धक (डेप्युटी जनरल मेनेजर) पदमा पवनकुमार श्रेष्ठलाई नियुक्त गरेको छ । नवनियुक्त श्रेष्ठलाई सबैको लघुवित्तका प्रमुख कार्यकारी अधिकृत केशब कुमार पौडेलले नवनियुक्त श्रेष्ठलाई पद तथा गोपनियताको सपथ गराएका हुन् ।
श्रेष्ठ निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडमा २२ वर्ष काम गरी प्रादेशिक स्तरको तत्कालीन आरम्भ लघुवित्त वित्तीय संस्था लिमिटेडमा प्रमुख कार्यकारी अधिकृतमा कार्यरत थिए । आरम्भ लघुवित्त वित्तीय संस्था लिमिटेड र चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेड सफल मर्जर पश्चात बनेको आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडमा नायब कार्यकारी अधिकृत पदबाट राजीनामा दिएका श्रेष्ठसँग निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाबाट करिअर सुरु गरी लघुवित्त क्षेत्रमा २४ वर्षको कार्य अनुभव रहेको छ ।
नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको कार्यक्षेत्र भएको सबैको लघुवित्तको हाल ३२ वटा जिल्लामा ५५ वटा शाखा सञ्जालबाट ४२ हजार ३ सय ९५ घरधुरीहरुमा सेवा प्रदान गर्दै आईरहेको छ । यस वित्तीय संस्थाले २ अर्व ३५ करोड रूपैयाँ लगानीमा रहेको रकम र ६९ करोड ८८ लाख रूपैयाँ बचत परिचालन गरी रहेको संस्थाका प्रमुख कार्यकारी अधिकृत केशव कुमार पौडेलले बताएका छन् ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्