PRABHU BANK

नेपाल क्रेडिट एण्ड कमर्श बैंकको वार्षिक साधारणसभामा, यस्ता छन् छलफलका मुख्य विषयहरु

NCC Bank
  • बैंकिङ संसार
काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्श बैंक लिमिटेडको वार्षिक साधारणसभा हुने भएको छ । बैंकको आगामी माघ ९ गते शुक्रबार वार्षिक साधारणसभा हुने भएको हो । बैंकको २३औं वार्षिक साधारणसभा उक्त दिन बिहान १० बजे काठमाडौंको बागबजारस्थित बैंकको केन्द्रीय कार्यालयमा हुने भएको छ । 
बैंकले आगामी पुस २१ गते बुधबार बुक क्लोज गर्ने भएको छ । बैंकले वार्षिक साधारणसभामा जाने प्रयोजनको लागि उक्त दिन बुक क्लोज गर्ने भएको हो । सभाले सेयरधनीलाई १०.८१ प्रतिशत लाभांश वितरण गर्ने सञ्चालक समितिको प्रस्तावलाई पारित गर्ने भएको छ । बैंकको सञ्चालक समितिको बैठकले सेयरधनीलाई गत आर्थिक वर्ष २०७६/७७ को नाफाबाट चुक्ता पुँजीको १०.२६९५ प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.५४०५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।
यस्तै सभाले बैंकको अधिकृत पुँजी साढे १० अर्व रुपैयाँ पुर्याउने र सेयर पुँजी तथा चुक्ता पुँजी वृद्धि गरी १० अर्व ३१ करोड पुग्ने भएकोले सोही बमोजि संशोधन गर्ने भएको छ । साथै सभाले कुनै बैंक तथा वित्तीय संस्था मर्ज तथा प्राप्ति गर्नको लागि सञ्चालक समितिलाई अख्तियारी पनि दिने भएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै