prabhu

सिद्धार्थ बैंकको नयाँ सर्भिस आउटलेट तौलिहवामा, बैंकिङ सेवा सहज ढङ्गले प्रवाह गर्ने

Siddhartha Bank
  • बैंकिङ संसार
काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले नयाँ सर्भिस आउटलेट सञ्चालनमा ल्याएको छ । बैंकले कपिलवस्तुस्थित तौलिहवामा नयाँ सर्भिस आउटलेट सञ्चालनमा ल्याएको हो । बैंकले तौलिहवा क्षेत्रका सर्वसाधारण तथा उद्यमीमाझ सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा, रकम भुक्तानी लगायत सम्पूर्ण बैंकिङ सेवा सहज ढङ्गले पुर्याउने उद्देश्यका साथ उक्त सर्भिस आउटलेट सञ्चालनमा ल्याएको हो ।
अहिले कोरोना भाइरस महामारीको अवस्थामा पनि बैंकले सतर्कताका विधि अपनाई आफ्ना सबै सर्भिस आउटलेटहरुबाट बैंकिङ सेवा तथा सुविधाहरु निरन्तर प्रदान गरीरहेको छ । शाखारहित बैंकिङ सेवा, एटिएम, पिओएस मेसिनका साथै निक्षेप तथा कर्जा सुविधा, घरमै बसेर बैंक खाता खोल्न सकिने तथा क्रेडिट कार्ड आवेदन दिन सकिने अनलाइन सुविधा, रेमिटेन्स सेवा, एटिएम कार्ड, ४५० भन्दा बढि व्यवसायिक केन्द्रहरुबाट विशेष छुट प्राप्त गर्न सकिने गरी जारी गरिएको ग्लय क्रेडिट कार्ड जस्ता सेवामार्फत बैंकले उच्चस्तरिय बैंकिङ सेवा प्रदान गर्दै आईरहेको छ ।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै