PRABHU BANK

सिद्धार्थ बैंकद्धारा नयाँ सेवा सार्वजनिक, चेक र एटिएम बिनानै रकम झिक्न सकिने

Siddhartha Bank
  • बैंकिङ संसार
काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले नयाँ सेवा सार्वजनिक गरेको छ । बैंकले ‘स्मार्ट टेलर’ नामक नयाँ सेवा सार्वजनिक गरेको हो । बैंकले ग्राहकलाई डिजिटल प्रविधिको बैंकिङ सुविधा उपलब्ध गराउने उद्देश्यका साथ उक्त सेवा सञ्चालनमा ल्याएको हो ।
यस सुविधा सञ्चालन पश्चात ग्राहकहरुले चेक वा एटिएम कार्ड नभएपनि क्यूआर कोड स्क्यान गरी आफ्नो बैंक खाताबाट सहजै रकम झिक्न तथा निकाल्न सक्ने भएका छन् । जसले गर्दा ग्राहकहरुको समयको बचत हुने भएको छ र बैंकिङ सेवा पनि अझ बढि सुविधाजनक हुने भएको छ ।
ग्राहकहरुले आफ्नो मोबाईल बैंकिङ एपबाट बैंकको काउन्टरमा रहेको क्यूआर कोड स्क्यान गरी दैनिक १ लाखसम्म र मासिक १० लाखसम्मको रकम निकाल्न सक्ने भएका छन् । बैंकले कार्ड सेवा, मोबाईल बैंकिङ, इन्टरनेट बैंकिङ, अनलाईनबाटै खाता खोल्न सकिने तथा क्रेडिट कार्ड आवेदन दिन सकिने सुविधा जस्ता विभिन्न डिजिटल बैंकिङ सेवाहरु प्रदान गर्दै आईरहेको छ । र आगामी दिनहरुमा पनि बैंकिङ सेवालाई अझ बढी आधुनिकिकरण गर्दै जाने उद्देश्य बैंकले लिएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै