PRABHU BANK

सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाको दोस्रो वार्षिक साधारणसभा सम्पन्न, आईपीओ निष्कासन गर्ने

CYC Nepal Laghubitta
  • बैंकिङ संसार
बागलुङ । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाको दोस्रो वार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीका अध्यक्ष पद्मनाथ शर्माको अध्यक्षतामा भएको कम्पनीको दोश्रो वार्षिक साधारणसभा मंंगलबार बागलुङ बजारमा सम्पन्न भएको हो । कम्पनीको उक्त सभाले प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने निर्णय गरेको छ । कम्पनीले यसै आर्थिक वर्ष भित्रमा सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने निर्णय गरेको हो । 
पुस २७ गते मंगलबार सम्पन्न कम्पनीको साधारणसभाले सञ्चालक समितिको आर्थिक वर्ष २०७६/०७७ को प्रतिवेदन पारित गर्दै नियामक निकायहरु लगायतका कार्यालयहरुबाट आवश्यक स्वीकृत प्राप्त भए पश्चात आईपीओ निष्कासन गर्ने निर्णय गरेको हो । सभाले आर्थिक वर्ष २०७६/७७ को लागि लेखापरिक्षण गर्न लेखापरीक्षक नियुक्त गर्न एबम् निजको पारिश्रमिक निर्धारण गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गरेको छ । सभाले संस्थाको प्रवन्धक पत्र नियमावलीमा आवश्यक संसोधन गर्न र अन्य इजाजतपत्र प्राप्त ‘घ’ वर्गका लघुवित्त वित्तीय संस्थासंग प्राप्ती तथा मर्ज गर्न उपयुक्त देखिएमा सो सम्बन्धी आवश्यक कार्य अगाडि बढाउन समेत सञ्चालक समितिलाई अधिकार प्रत्यायोजन गर्ने प्रस्तावसमेत पारित गरेको छ ।
साधारणसभामा कम्पनीको मुख्य प्रवन्धक संस्था चारतारे युवा क्लव नेपालका अध्यक्ष चण्डिप्रसाद शर्मा पौडेलले लघुवित्त संस्थाहरु कार्यक्रमको मुल मर्म भन्दाविपरीत गई नाफामुखी र बजार केन्द्रित भएकाले समस्या सिर्जना भईरहेको बताएका छन् । उनले वर्तमान परिपेक्षमा यस वित्तीय संस्थाले नाफासँगसँगैग्रामिण दुरदराजमा गई वित्तीय तथा गैर वित्तीय कारोबार सञ्चालन गर्नुपर्ने धारणा पनि राखेका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै