काठमाडौँ । ज्योति विकास बैंकले आफ्ना ग्राहकहरूलाई स्वास्थ्य सेवामा थप सुविधा प्रदान गर्न काठमाडौं चुच्चेपाटीस्थित तिलगंगा सीटी आई सेन्टरसँग छुटसम्बन्धी सम्झौता गरेको छ।
सम्झौताअनुसार, बैंकका ग्राहकहरूले उक्त केन्द्रमा उपलब्ध आँखा जाँच, शल्यक्रिया, थेरापी जस्ता सेवामा १० प्रतिशतसम्म र प्रिस्क्रिप्सन चश्मा खरिदमा १५ प्रतिशतसम्म छुट पाउनेछन्।
तिलगंगा नेत्र प्रतिष्ठानअन्तर्गतको यस सह-संस्थाले अत्याधुनिक प्रविधिमार्फत गुणस्तरीय नेत्र सेवाहरू प्रदान गर्दै आएको छ। बैंकले आफ्ना ग्राहकको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राख्दै यस्ता सहकार्यलाई निरन्तरता दिँदै आएको जनाएको छ।
यसअघि पनि बैंकले नयाँ बानेश्वरस्थित अल्फा हेल्थ केयर एन्ड डाइग्नोस्टिक सेन्टरमा १५ प्रतिशत र सातदोबाटोस्थित पब्लिक नेपाल डेन्टल हस्पिटलमा ५० प्रतिशतसम्मको छुट उपलब्ध गराउने सम्झौता गरिसकेको छ।
ज्योति विकास बैंकले यस्ता सहकार्यमार्फत आफ्ना ग्राहकहरूको जीवनशैली र स्वास्थ्य सेवामा पहुँच सहज बनाउने लक्ष्य लिएको छ।