श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको २६औं वार्षिक साधारणसभाले प्रस्तावित १०.५३ प्रतिशत लाभांश पारित

Shree Investment And Finance
  • बैंकिङ संसार
काठमाडौं । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनीको वार्षिक साधारणसभाले लाभांश पारित गरेको छ । कम्पनीको पुस २९ गते बुधबार सम्पन्न २६औं वार्षिक साधारणसभाले सञ्चालक समितिको प्रीतावित १०.५३ प्रतिशत लाभांश पारित गरेको हो । यससँगै संस्थाका सेयरधनीले गत आर्थिक वर्षको नाफाबाट चुक्ता पुँजीको ७.३७ प्रतिशत बोनस र ३.१६ प्रतिशत नगद गरी कूल १०.५३ प्रतिशत लाभांश पाउने भएका छन् ।
सभामा आर्थिक वर्ष २०७६/०७७ को वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै कम्पनीका अध्यक्ष शशिराज पाण्डेले समिक्षा वर्षको अन्त्यमा कम्पनीले संकलन गरेको निक्षेप ५ अर्व २५ करोड रुपैयाँ र कर्जा सापट ४ अर्व ६७ करोड रुपैयाँ पुगेको तथा सम्पूर्ण कारोबार पछिको कम्पनीको खुद नाफा (बोनस तथा कर व्यवस्था पछि) ११ करोड १९ लाख रुपैयाँ भएको जानकारी दिएका छन् ।
उक्त बोनस पश्चात कम्पनीको जारी तथा चुक्ता पुँजी ८९ करोड ०१ लाख रुपैयाँ पुगेको छ । प्रतिवेदन प्रस्तुत गर्ने क्रममा अध्यक्षले विषम परिस्थितिको बावजुद पनि कम्पनीको व्यवसायीक कारोवार वृद्धि हुनुमा आफ्ना ग्राहकसँगको निरन्तर सम्पर्क लगायत कर्जाको किस्ता तथा व्याज असुलितर्फ प्रभावकारी अनुगमन मुख्य रहेको पनि बताएका छन् ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्