PRABHU BANK

मेगा बैंकद्धारा ‘मेगा इन्टेलिजेन्स भर्चुअल असिस्टेन्ट’ सेवा सार्वजनिक, सेवाग्राहीका जिज्ञासाहरुको सम्बोधन गर्ने उद्देश्य

Mega Bank
  • बैंकिङ संसार
काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले ‘मेगा इन्टेलिजेन्स भर्चुअल असिस्टेन्ट’ सेवा सार्वजनिक गरेको छ । बैंकले आफ्ना ग्राहकलाई छिटो, छरितो र सहजरुपमा बैंकका प्रडक्ट/सेवाका साथै बैंकसँग सम्बन्धित जानकारी, सेवाग्राहीका जिज्ञासाहरुको पनि सम्बोधन गर्ने उद्देश्यले ‘मेगा इन्टेलिजेन्स भर्चुअल असिस्टेन्ट’ सेवा सार्वजनिक गरेको हो । छोटकरीमा ‘मिभा’ नामाकरण गरिएको यो सेवा इन्टरनेटको पहुँचमा रहेका ग्राहकले २४ सै घण्टा सेवा लिन सक्ने भएका छन् ।
ग्राहकहरुले मेगा बैंकको आधिकारिक वेबसाइट मेगा बैंक नेपाल डटकम वा फेसबुक म्यासेन्जरमार्फत सजिलै यो सेवा लिन सक्ने भएका छन् । वेबसाइटको दायाँतर्फ मेगा बैंकको अफिसियल मासकट ‘कान्छा’ वा ‘कान्छी’ देखिनेछ । त्यसमा क्लिक गरेपछि सेवाग्राहीहरुले बैंकले प्रदान गरिरहेका विभिन्न प्रडक्ट/सेवा र जानकारी आफुले छनौट गरेको भाषा नेपाली वा अंग्रेजीमा प्राप्त गर्न सक्नेछन् । आफूलाई आवश्यक परेको बटममा क्लिक गरिसकेपछि ग्राहकहरुले तत्कालै प्रतिक्रिया सहित सेवा प्राप्त गर्न सक्नेछन् ।
डबल विन्डोमा बनेको ‘मिभा’मा ग्राहकले राखेको जिज्ञासाको प्रतिक्रियाको अतिरिक्त सो जिज्ञासासँग मिल्दा अन्य जिज्ञासाहरु समेत एकसाथ उपलब्ध हुनेछन् । ग्राहकले आफ्नो खाताको मौज्दात विवरण तथा कारोवारको विवरण थाहा पाउन सकिने विशेषता रहेको आर्टिफिसियल इन्टेलिन्समा आधारित यो च्याटवट सेवा डिजिटल बैंकिङका लागि अत्याधुनिक पद्दत्तीबाट सञ्चालन गरिएको बैंकले जनाएको छ । ग्राहकहरुलाई नवीनतम सेवा दिने उद्देश्यले यसअघि नै मेगा बैंकले भिडियो अकाउन्ट ओपनिङ, टिक बैंकिङ लगायतका सेवाहरु पनि ल्याइसकेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै