‘मौद्रिक नीति समग्र अर्थतन्त्रको विकासका लागि आउँछ’

काठमाडौँ। नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले मौद्रिक नीति सीमित व्यक्तिहरूको हितमा मात्र नभई समग्र अर्थतन्त्रको विकासका लागि बनाइने बताएका छन्। काठमाडौँमा आयोजित ‘प्रि-मोनिटरी पॉलिसी डिस्कसन’ कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् ।

उनले मौद्रिक नीति निर्माणमा निजी क्षेत्रको सुझावलाई समेत समावेश गर्दै सन्तुलित दृष्टिकोण अपनाउने बताएका छन्।

मिश्रले नेपाल राष्ट्र बैंक सरकारको सल्लाहकारको भूमिकामा रहेर नियामक र मौद्रिक नीतिहरूलाई समन्वय गरेर अघि बढ्ने जनाएका छन् ।

यसअघि नेपाल राष्ट्र बैंकले कर्जा प्रवाहमा वृद्धि गर्नका लागि केही लचकता प्रदान गरेको थियो। राष्ट्र बैंकले  राम्रो कर्जा प्रवाहको जोखिम भार घटाउने, घरजग्गामा कर्जा प्रवाहको सीमा बढाउने र बैंकहरूले लगानी गरेको सेयरको बिक्री सीमा १ प्रतिशतबाट २० प्रतिशत पुर्याउने जस्ता कदमहरू उठाएको थियो।

जसले बैंकहरूको लाभमा वृद्धि गर्न मद्दत पुर्याएको छ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्