काठमाडौँ। नेपाल बैंकका सञ्चालक समितिका तत्कालीन अध्यक्ष डा.चन्द्र बहादुर अधिकारीविरुद्ध भ्रष्टाचार मुद्धा दर्ता भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ऋण मिलाईदिने भन्दै घुस लिएका बैंकका सञ्चालक समितिका तत्कालीन अध्यक्ष अधिकारीविरुद्ध भ्रष्टाचार मुद्धा दर्ता भएको हो ।
आयोगले अधिकारीसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अकला देवी ट्रेडर्स नामक कम्पनीलाई बैंकका अध्यक्षले ऋण दिलाईदिने भन्दै घुस लिएको उजुरी बैंककै एक सिनियर कर्मचारीले अख्तियारमा दिएका थिए ।
उनीसहितका ६ जनाले बैंकबाट २५ करोड रुपैयाँ बराबरको ऋण पारित गराइदिने प्रक्रियामा करिब ५० लाख रुपैयाँ घुस माग गरेको अख्तियारले जनाएको छ।
अख्तियारले गरेको अनुसन्धानका क्रममा अधिकारीले २ प्रतिशत घुस लिएको पुष्टी भएको छ ।