१. पूर्वअर्थमन्त्री वर्षमान पुनले लघुवित्तको समस्याले अर्थतन्त्र चलायमान हुन नसकेको बताएका छन् । सोमबार आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । यस्तै उनले बजेटले गरिब, मजदुर, किसान र सहकारी पीडितलाई नछोएको भन्दै आपत्ति पनि जनाए।
२ . नेपाल राष्ट्र बैंकका गभर्नर विश्व पौडेलले सही किसान पहिचान गरेर ऋण दिन आग्रह गरेका छन्। गभर्नर पौडेलले वास्तविक किसान पहिचान गरेर लोन दिन बैंकहरुलाई आग्रह गरेका हुन् । उनले बैंकहरुले दिएको ऋणको जिम्मेवार बैंक आफै रहेको पनि बताए ।
३ . बैंकहरुमा एकैदिन १५ अर्ब रुपैयाँ निक्षेप थपिएको छ। नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार चैत २२ गते एकै दिन बैंक तथा वित्तीय संस्थामा १५ अर्ब रुपैयाँ निक्षेप थपिएको हो। निक्षेप थपिने क्रम बढे पनि कर्जा प्रवाहले भने खासै गति लिन सकेको छैन।
४ . नेपालमा बैंकको छँदाखादाको जागिर छोडेर अमेरिका गएका एक पूर्व बैंकरसमेत अमेरिकाले देश निकाला गरेको सूचीमा रहेको पाइएको छ । नेपालमा बैंकको जागिर छोडेर अमेरिका गएका उनलाई अमेरिकाले त्यहाँको अध्यागमन कानुन उल्लङ्घन गरेको भन्दै देश निकाला गरिदिएको हो ।
५ . कृषि बिकास बैंकका कर्मचारीहरुले गैरकानुनी रुपमा डिभि भरेको पाइएको छ । बैंकको कर्मचारी विनियमावली अनुसार त्यहाँ कार्यरत कर्मचारीले डिभी भर्न नपाइने भएपनि कर्मचारीहरुले गुपचुप रुपमा डिभी भरिरहेको पाइएको हो । यस विषयमा विभिन्न निकायमा कर्मचारीको नाम नै किटान गरेर उजुरी परिरहेको बुझिएको छ ।
६ . डिजिटल वालेट खल्तीका कर्मचारीहरुले आफ्ना ग्राहकका विवरण ह्याकरलाई बेचिरहेको पाइएको छ । खल्तीका कर्मचारीले ग्राहकका गोप्य रहनुपर्ने विवरणहरु विभिन्न ह्याकर समूहहरुलाई बिक्री गरिरहेको पाइएको हो ।
७ . सानिमा बैंकको लगानी रहेको सानिमा क्यापिटलले भित्री रुपमा सेयर बजारमा चलखेल गर्न खोजेको पाइएको छ । दोर्दी खोलाको सेयर लिलामीका क्रममा कम्पनीले बदमासी गर्न खोजेको तथ्य बाहिरिएको हो ।
८ . कृषि कर्जाका नाममा कागजमात्र मिलाएर खानेहरुलाई दुखको खबर छ । नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर विश्व पौडेलले सही किसान पहिचान गरेर ऋण दिन बैंकरहरुलाई निर्देशन दिएका छन् । बैंकहरुले दिएको ऋणको जिम्मेवार बैंक आफै रहेको बताउदै उनले बुझेर मात्र सहि किसानलाई मात्र ऋण दिन आग्रह गरेका हुन् ।
९ . घरजग्गाको कारोबार गर्दा बैंक स्टेटमेन्ट नचाहिने भएपछि घरजग्गाका दलालहरु खुसी भएका छन् । बैंक स्टेटमेन्ट आवश्यक पर्दा घुस दिलाउने र मिलाउने काम नै प्रभावित हुने पीरमा बसेका घरजग्गा दलालहरु अन्ततस् सरकारले सो नियम कार्यान्वयन नगर्न निर्देशन दिएसँगै खुसी भएका हुन् ।
१० . अब घरजग्गा कारोबारमा बैंक स्टेटमेन्ट नचाहिने भएको छ। प्रधानमन्त्री कार्यालयको निर्देशनपछि अब घरजग्गा कारोबारमा खरिदकर्ता र बिक्रीकर्ताको बैंक स्टेटमेन्ट नचाहिने भएको हो । बैंक स्टेटमेन्ट चाहिने प्रावधान झन्झटिलो भएको भन्दै यसअघि चौतर्फी विरोधसमेत भएको थियो ।
११ . सर्वोच्च अदालतले बैंकमा पटकपटक पैसा राख्दैमा र निकाल्दैमा मनी लाउन्डरिङ नहुने ठहर गरेको छ। न्यायाधीशहरू सपना प्रधान मल्ल, हरिप्रसाद फुयाँल र बालकृष्ण ढकालको पूर्ण इजलासले बैंकमा पटकपटक पैसा राख्दैमा र निकाल्दैमा सम्पत्ति शुद्धीकरण अथार्त मनी लाउन्डरिङ नहुने ठहर गरेको हो।
१२ . पैसा नभएको चेक भिडाएर भाग्ने एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा झापा घर भई काठमाडौं बस्दै आएका ५६ वर्षीय ध्रुव प्रसाद भेटवाल छन् । उनलाई शुक्रबार मध्यबानेश्वरबाट पक्राउ गरिएको हो ।
१३ . नेपाल राष्ट्र बैंकका गभर्नर डा। विश्वनाथ पौडेल रुकुम पुगेका छन् । साना उद्यमी र कृषकहरूलाई ऋण तिर्न समस्या किन आइरहेको छ भन्ने बुझ्न देश दौडाहामा निस्किएका उनी रुकुम पुगेका हुन् । रुकुमपछि, जाजरकोट, दैलेख हुँदै धनगढीसम्मको यात्रा तय गरेका गभर्नरले रुकुम पुगेर व्यवसायीहरुसँग कुरा गरेका छन् ।
१४ . समाज लघुवित्त वित्तीय संस्था र ग्रामीण विकास लघुवित्त वित्तीय संस्था मर्ज हुने भएका छन्। नेपाल राष्ट्र बैंकले उक्त संस्थाको मर्जरलाई सैद्धान्तिक सहमति दिएसँगै दुबै कम्पनी एकआपसमा मर्ज हुने भएका हुन्।
१५ . काँकडभिट्टाबाट नक्कली नेपाली रुपियाँसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापाको कन्काई नगरपालिका–८ लक्ष्मीपुरमा बस्ने २८ वर्षीय गणेश भारती रहेका छन् । प्रहरीले उनको साथबाट पाँच लाख ३० हजार ६८० बराबरका नक्कली नोट, नक्कली नोट छाप्ने मेसिन भेटेको छ।
१६ . गएको १० महिनामा मात्र नेपालीहरुले १ खर्ब रुपैयाँ महंगा गाडी किन्न बैंकबाट ऋण लिएको पाइएको छ । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार चालु आर्थिक वर्षको १० महिनामा बैंकहरुबाट १ खर्ब २९ अर्ब १७ करोड रुपैयाँ गाडी कर्जा प्रवाह भएको हो । यसरी प्रवाह भएको अधिकांश ऋण चिनियाँ गाडी किन्ने प्रयोग भएको र सो गाडीको रिसल भ्यालु पनि निकै कम हुने सम्भावना देखिएकोले यसले बैंकको ऋणमा समस्या आउने आंकलनसमेत गरिएको छ ।
१७ . नेपालका विभिन्न बैंकहरुबाट ३८८ जनाले एक सय करोड भन्दा बढी ऋण लिएको खुलासा भएको छ । बैंकहरुमा बिग्रेका ऋणहरु पनि अधिकांश तिनैका ऋण भएकोसमेत पाइएको छ । यो तथ्यांकले बैंकको ठुलो रकमको हिस्सा निश्चित व्यक्तिहरुले मात्र प्रयोग गर्ने गरेको चर्चालाई थप पुष्टी गरेको छ ।
१८ . विदेशमा दुख गरिरहेका नेपालीहरुले पछिल्लो १ महिनामै साढे १ खर्ब बढी रुपैयाँ नेपाल बैध च्यानलमार्फत रेमिट्यान्सका रुपमा पठाएको पाइएको छ । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार बैशाख महिनामा १ खर्ब ६५ अर्ब ३० करोड रेमिट्यान्स नेपाल भित्रिएको हो । एकमहिनाको अवधिमा भित्रिएको रेमिट्यान्समध्ये यो हालसम्मकै उच्च हो ।
१९ . ऋण माग्दा घुस लिएपछि अध्यक्षविरुद्ध नै भ्रष्टचार मुद्धा लागेको नेपाल बैंकका विभिन्न शाखाहरुमा पनि ब्रान्च मेनेजरले ऋण लिंदा घुस लिएको खुलासा भएको छ । बैंकको आन्तरिक लेखापरिक्षण रिपोर्टले नै बैंकभित्रको यस्तो घुसखोरीको रहस्य बाहिर ल्याएको हो । बैंकका कर्मचारीले विभिन्न कोड भाषा प्रयोग गरेर ऋणीसँग चर्को ऋण असुल्ने गरेकोसमेत पाइएको छ ।
२० . सरकारी बैंकका कर्मचारीले डिभी भर्न नपाइने नियम भए पनि कृषि बिकास बैंकका केहि कर्मचारीहरुलाई डिभी परेको पाइएको छ । नियम मिचेर डिभी भरेका उनीहरु अमेरिका नजाउञ्जेल भन्दै बैंकको जागिरमा भने अझै बसिरहेकोसमेत पाइएको हो । यसले बैंकमा संस्थागत सुशासन कुन हदसम्म कमजोर छ भन्ने तथ्य पनि देखाएको छ ।
२१ . सांग्रिला डेभलपमेन्ट बैंकमा जागिर खुलेको छ । बैंकले ब्रान्च म्यानेजर र रिलेसनसीप अफिसर पदमा जागिर खुलाएको हो । इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकहरुले बैंकको अफिसियल वेवसाइट मार्फत आवेदन दिन सक्नेछन् ।
२२ . प्राइम कमर्सियल बैंकले धितोमा रहेको सम्पत्ति चलनचल्तीको भाउ भन्दा सस्तोमा बेच्ने भएको छ । बैंकले जेठ २८ गते एक सूचना जारी गर्दै कर्जा चुक्ता नगर्ने ऋणीको धितोमा रहेको सम्पत्ति बेच्न लागेको जनाएको हो। उक्त सम्पत्ति खरिद गर्न इच्छुक व्यक्तिहरुले सम्बन्धित शाखामा गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्ने बैंकले जनाएको छ ।
२३ . नेपाल बैंकबाट २० अर्व रुपैयाँ नै हराएको भन्दै सो रकम खोजिदिन आग्रह गर्दै सेयरधनीले महालेखापरीक्षकको कार्यालयमा निवेदन दिएका छन् । बैंकमा अरवौं रकम हराउँदा पनि बैंकले वेवास्ता गरेको भन्दै सेयरधनीले सो रकम खोजिदिन आग्रह गर्दै निवेदन दिएका हुन् ।
२४ . बैंकहरुले असारसम्ममा टार्गेट पुर्याउन ऋण प्रवाह ह्वात्तै बढाएका छन् । ऋण माग गरेकाहरुलाई बैंकहरुले ऋण दिने क्रम ह्वात्तै बढेको हो ।
२५ . विना धितो कारोबारका आधारमा ऋण लिएका फोन लोन नतिर्नेहरुको संख्या ह्वात्तै बढेको छ । सजिलै पाउने नाममा ऋण लिएकाहरुले ऋण नतिर्दा फोन लोन नतिर्नेहरुको संख्या बढेको हो । धितो पनि नहुने हुनाले यस्तो ऋण उठाउन बैंकहरुलाई सार्है सकस परेको छ ।
२६ . पैसा नभएको चेक भिडाएर भाग्ने दुई जना व्यक्तिलाई प्रहरीले कञ्चनपुरबाट पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा कञ्चनपुर निवासी राम बहादुर गिरी थारु र मिलन राना रहेका छन्। उनीहरूमाथि बैंकिङ कसुर अन्तर्गत ७२ लाख ८३ हजार रुपैयाँ बराबरको बिगो कायम गरिएको प्रहरीले जनाएको छ।
२७ . इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले कर्मचारी माग गरेको छ। कम्पनीले एक सूचना जारी गर्दै नायब प्रमुख कार्यकारी अधिकृत पदका लागि कर्मचारी माग गरेको हो। लघुवित्तको उक्त पदमा जागिर खान चाहने नेपाली नागरिकहरुले असार १२ गतेभित्र आवेदन दिन सक्नेछन्। आवेदन अनलाइनमार्फत दिन सकिनेछ।
२८ . बैंक तथा वित्तीय संस्थाहरूले बीमा जस्ता वित्तीय उत्पादनहरूको गलत बिक्री गरेकोमा भारतीय रिजर्भ बैंक (आरबीआई) ले चिन्ता व्यक्त गरेको छ। डेपुटी गभर्नर एम राजेश्वर रावले यस्तो गलत बिक्रीले विशेषगरी ज्येष्ठ नागरिक र कम वित्तीय ज्ञान भएका व्यक्तिहरूको विश्वास घटाउन सक्ने भन्दै चिन्ता व्यक्त गरेका हुन्।
२९ . मेहनत गर्ने किसानहरूलाई राष्ट्रिय वाणिज्य बैंकले ५ करोडसम्म ऋण दिने भएको छ । बैंकले सातै प्रदेशका किसानहरूलाई ५ करोडसम्म कृषि कर्जा दिने भएको हो । बैंकले सस्तो ब्याजदरमा यस्तो कर्जा दिन लागेको हो। बैंकका अनुसार कर्जाको अवधी १० वर्षसम्म रहनेछ।
३० . एनआईसी एशिया क्यापीटलले रोजगारी खुलाएको छ । कम्पनीले बिज्नेस डेभलपमेन्ट डिपार्टमेन्ट, मर्चेन्ट डेभलपमेन्ट डिपार्टमेन्ट, लिगल डिपार्टमेन्ट, रिसर्च एण्ड कर्पोरेट एडभाइजरी डिपार्टमेन्ट पदका लागि रोगगारी खुलाएको हो । इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकहरुले असार १३ गतेभित्र आवेदन दिन सक्नेछन् ।
३१ . बैंकबाट निजी क्षेत्रमा जाने ऋण बढेको छ। १० महिनामा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाह हुने कर्जा ३ खर्ब ६८ अर्ब ६८ करोड अर्थात् ७।३ प्रतिशतले बढेको राष्ट्र बैंकको तथ्यांकले देखाएको हो।
३२ . वाणिज्य बैंकहरुले ४७ अर्ब बढी नाफा कमाएका छन् । चालु आर्थिक वर्षको पछिल्लो १० महिनामा वाणिज्य बैंकहरुले ४७ अर्ब ७९ करोड ४७ लाख रुपैयाँ खुद नाफा कमाएका हुन् । यस्तै २० वाणिज्य बैंकमध्ये १० बैंकको नाफा बढेको छ भने १० बैंकको नाफा घटेको छ ।
३३ . नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले आफ्ना ग्राहकहरुलाई बिना धितो ऋण दिने भएको छ । बैंकले एनएमबि स्मार्ट एपबाटै बिना कागजपत्र र बिना धितो पाँच लाख सम्म ऋण दिने भएको हो । बैंकले आफ्ना ग्राहकहरुको इच्छा र आवश्यकता सजिलै पुरा होस् भन्ने उद्देश्यले ऋण दिन लागेको जनाएको छ ।
३४ . बैंकहरुमध्ये सबैभन्दा धेरै नाफा नबिल बैंकले कमाएको छ । पछिल्लो १० महिनामा बैंकले ५ अर्ब ६० करोड रुपैयाँ खुद नाफा कमाएको हो । नबिल बैंकपछि धेरै नाफा कमाउने बैंक ग्लोबल आइएमई बैंक र नेपाल इन्भेष्टमेन्ट मेगा बैंक रहेका छन् ।
३५ . घर किन्न वा बनाउन चाहने ग्राहकका लागि नबिल बैंकले ‘नबिल ढुक्क घर कर्जा’ योजना ल्याएको छ। बैंकले पहिलो पटक घर किन्न चाहने ग्राहकलाई किन्न लागिएको घरको मूल्यको ७० प्रतिशतसम्म र निर्माणका लागि लागतको १०० प्रतिशतसम्म कर्जा दिने भएको हो । कर्जाको अधिकतम सीमा २ करोड रुपैयाँसम्म निर्धारण गरिएको छ।
३६ . पाकिस्तानी हबिब बैंक हिमालयन बैंकबाट बाहिरिने भएको छ। हबिब बैंक हिमालयन बैंकमा रहेको आफ्नो संस्थापक सेयर बेचेर बाहिरिन लागेको हो। हिमालयन बैंकमा हबिब बैंकको करिब १३ प्रतिशत सेयर स्वामित्व रहेको छ।