नबिल बैंकको सीइओमा मनोजकुमार ज्ञवाली नियुक्त

काठमाडौँ। नबिल बैंकको प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा मनोजकुमार ज्ञवाली नियुक्त भएका छन्। बैंक सञ्चालक समितिको बिहीबार बसेको बैठकले यसअघि कामु सीइओ रहेका ज्ञवालीलाई उक्त पदमा नियुक्त गरेको हो।

ज्ञानेन्द्र ढुंगानाले गत चैत १० गतेदेखि लागू हुने गरी सीइओ पदबाट राजीनामा दिएसँगै बैंक सञ्चालक समितिले ज्ञवालीलाई कामु सीइओको जिम्मेवारी दिएको थियो।

नबिल बैंकमा उनी नायब महाप्रबन्धकबाट प्रवेश गरेका हुन्। हाल उनी ४ वर्षे कार्यकालका लागि बैंकको सीइओ पदमा नियुक्त भएका छन्।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्