prabhu

बैंकमा पैसा धेरै भएपछि राष्ट्र बैंकले ४० अर्ब फिर्ता माग्यो

काठमाडौं ।  बैंकिङ प्रणालीमा अत्यधिक तरलता देखिएपछि नेपाल राष्ट्र बैंकले लगातार ‘निक्षेप संकलन उपकरण’ प्रयोग गरेर प्रणालीबाट रकम संकलन गरिरहेको छ।

यसै क्रममा, राष्ट्र बैंकले आज जेठ २१ गते फेरि ४० अर्ब रुपैयाँ बैंकिङ प्रणालीबाट तान्ने घोषणा गरेको छ। तरलता व्यवस्थापन गर्न केन्द्रिय बैंकले दिउँसो ३ बजे बोलकबोलमार्फत उक्त रकम संकलन गर्न लागेको हो।

राष्ट्र बैंकका अनुसार, निक्षेप दिन इच्छुक बैंक तथा वित्तीय संस्थाले न्यूनतम १० करोड रुपैयाँ र अधिकतम ५ करोड रुपैयाँको गुणात्मक भागमा बोलकबोल गर्न सक्नेछन्। यस प्रक्रिया बहुब्याजदर प्रणालीमा हुनेछ, जसमा बहुबोलकबोल गर्न मिल्ने व्यवस्था गरिएको छ।

‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्रै यस निक्षेप संकलनमा सहभागी हुन सक्नेछन् । २१ दिन अवधिको यस निक्षेप संकलनको पूँजी तथा ब्याज भुक्तानी असार ११ गते हुनेछ।

पछिल्ला महिनाहरूमा कर्जाको मागमा कमी आएपछि बैंकिङ प्रणालीमा तरलता अत्यधिक भएको छ। परिणामस्वरूप, बैंक तथा वित्तीय संस्थाहरू झण्डै ३ प्रतिशत हाराहारीको ब्याजदरमै राष्ट्र बैंकलाई रकम निक्षेप गर्न बाध्य छन् ।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै