काठमाडौँ । नेपाल बैंकको कल्याणपुर शाखामा चोरी भएको छ । सप्तरी खडक नगरपालिका ७ स्थित बैंकको शाखा कार्यलयमा चोरी भएको हो ।
बैंकबाट कम्प्युटर स्क्यानर दुई थान, ल्यापटप दुई थान, खुकुरी दुई थान, सर्ट गनमा लाग्ने कार्टिज २० राउण्ड, एक नाले १२ बोरको हतियार, सिमकार्ड एक थान, घडी दुई थान, मोबाइल पाँच थान, मिनि स्पीकर एक थान र डिजिटल तराजु एक थान चोरी भएको हो ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार बैंकका सुरक्षा गार्ड शम्भुनाथ नगरपालिका ७ भगाहाका ३९ वर्षीय प्रमोद चौधरी र कन्चनरुप नगरपालिका ५ का ४४ वर्षीय पर्शुराम चौधरी सोही बैंकको गार्ड सुत्ने कोठामा सुति रहेको बेला चोरी भएको हो ।
सप्तरीको खडक नगरपालिका-६ बिरपुर घर भएका २० वर्षीय अपसाद अन्सारीलाई सिरहा प्रहरीको सहयोगमा नियन्त्रमा लिइएको छ ।