काठमाडौँ। नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा. विश्व पौडेलले पदभार ग्रहण गरेका छन् । जेठ ७ गते (बुधबार) नवनियुक्त गभर्नर पौडेलले राष्ट्र बैंकको कार्यालय बालुवाटार पुगेर पदभार ग्रहण गरेका हुन् ।
सर्वोच्च अदालतमा आयोजित समारोहमा नवनियुक्त गभर्नर पौडेलले पद तथा गोपनियताको सपथ लिएपछि गभर्नर पौडेल राष्ट्र बैंकको कार्यालय बालुवाटार पुगेर पदभार ग्रहण गरेका हुन् ।
पौडेललाई मंगलबार बसेको मन्त्रिपरिषद बैठकले गभर्नरमा नियुक्त गर्ने निर्णय गरेको थियो ।