PRABHU BANK

नेपाल राष्ट्र बैंकले २ अर्व ४५ करोड रुपैयाँ बराबरको रकम मुद्दती निक्षेपमा लगानी गर्ने

Nepal Rastra Bank
  • बैंकिङ संसार
काठमाडौं । नेपाल राष्ट्र बैंक लिमिटेडले मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । बैंकले २ अर्व ४५ करोड रुपैयाँ बराबरको रकम मुद्दती निक्षेपमा लगानी गर्ने भएको हो । बैंकले उपदान तथा पेन्सन कोषमा रहेको उक्त रकम २०७७ साल फागुन २ गतेदेखि २०७८ साल फागुन २ गतेसम्म बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा लगानी गर्ने जनाएको छ ।
नेपाल राष्ट्र बैंकले ‘क’ वर्गका वाणिज्य बैंकमा १ अर्व ९६ करोड रूपैयाँ, ‘ख’ वर्गको विकास बैंकमा ३६ करोड ७५ लाख रुपैयाँ र ‘ग’ वर्गका राष्ट्रिय स्तरका वित्त कम्पनीहरुमा १२ करोड २५ लाख रुपैयाँ लगानी गर्न लागेको हो । बैंक तथा वित्तीय संस्थाले माघ १४ गते दिउँसो ३ बजेसम्म आफूले लिन चाहेको रकम तथा उक्त रकमका लागि प्रस्ताव गरिएको व्याजदर समेत खुलाएर राष्ट्र बैंकमा पेश गर्नुपर्ने बैंकले जानकारी दिएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै